मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त



एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैठकले राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैठकले २०७९ श्रावण १ देखि लागू हुनेगरी राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राठी २०६४ मंसिर १९ देखि एनआइसी एसियामा जोडिएका थिए । उनी तत्कालीन बैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट सेवामा जोडिएका थिए ।

राठी विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै उक्त पदमा नियुक्त भएका हुन् ।

उनले समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन्

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : २८ बजे