काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार पनि नेप्से घटेर २७ सय विन्दुमा झरेको छ ।
आज नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा कायम भएको हो ।
बिहीबार कारोबारमा आएका ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयरहरू ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ ०.०२, फाइनान्स ०.२०, माइक्रोफाइनान्स ०.०४ तथा व्यापार ०.३१ प्रतिशत बढे । विकास बैंक ०.५६, होटल तथा पर्यटन ०.४४, जलविद्युत् ०.१२, लगानी ०.६२, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३० तथा अन्य ०.८६ प्रतिशत घटे ।
बिहीबार ७७ कम्पनीको सेयर बढ्दा १८१ कम्पनीको सेयर घटेको छ भने १४ कम्पनीको सेयर स्थिर रहेको छ ।














