मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरजग्गा कारोबारमा कडाइ गर्ने सरकारको योजना,कारोबारका लागि छुट्टै संस्था बनाउने तयारि



सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ । अत्यधिकरुपमा घरजग्गाको कारोबार भएको र अनधिकृतरुपमा मूल्यवृद्धि भएको गुनासोका बीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७९÷८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । घरजग्गाको कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने सरकारको योजना छ । विद्यमान व्यवस्थानुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न लागिएको हो ।

त्यस्तै, सरकारले लेखापरीक्षणलाई वस्तुगत र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग तथा लेखा परीक्षणकको क्षमता अभिवृद्धि गर्ने भनेको छ । आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु कम गर्ने लक्ष्य राखिएको छ । आगामी आवको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकाङ्क्षालाई पूर्णरुपमा आत्मसात् गरेको उल्लेख गरिएको छ । कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण हुने सरकारको विश्वास छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ५२ बजे