काभ्रेको नमोबुद्द वडा न. २ का नबनिर्बाचित अध्यक्ष कबिराज श्रेष्ठले नगद तिस लाख र एक थान डोजर समेत वडा कार्यलयलाई हस्तान्तरण गरेका छन् ।
चुनाबी फजुल खर्च नगर्ने बरु वार्डमा त्यो पैसा हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार रकम र बिकास निर्माणमा सहयोगी बनोस भनेर डोजर हस्तान्तरण गरेको उनले जानकारी दिए ।
लामो समय देखि समाजसेवामा सकृय रहेका श्रेष्ठले खानेपानी,मोटरबाटो र शिक्षामादिएको योगदानकै कारण जितेका स्थानियको बुझाइ छ ।
सरल सहज र मिलन्सार कबिराज श्रेष्ठ नमोबुद्द भरी आदर्श समाजसेवी ब्यक्तीका रुपमा परिचित छन् ।
मदिराको नशामा डुबेकाले मदिराको लत छोड्ने प्रतिबद्धता जनाएमा ३००० र छोडेको ३ महिना पछि अर्को ३००० दिएर कुलतबाट छुटाउने अभियानले उनलाई लोकप्रिय बनाएको थियो ।
आफू पनि कुनै बेला कुलतको सिकार भएकाले उनले यसलाइ अभियानका रुपमा चलाएका थिए ।