आयल निगम खारेज गर्ने योजना छैन : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने सरकारको सोच नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको शनिबार जवाफ दिँदै प्रधानमन्त्री देउवाले सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पारेका हुन् ।

देउवाले भने, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु ।’

यसअघि हिजोको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयल निगम खारेज गरेर पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिन अर्बौको चलखेल भइरहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार  ८ : २७ बजे