सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्ने भएको छ ।
शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएसँगै सरकारले आज बजेट सार्वजनिक गर्ने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संसद सचिवालयले ३स्४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ ।








