नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस हार्न तयार रहेको तर तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न नछोड्ने भन्दै प्रचन्डलाई जवाफ फर्काएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस्, कांग्रेस नेताहरुले धेरै दम्भ नदेखाउन् भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धम्कि दिएपछि पौडेलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डलाई जवाफ फर्काएका हुन् ।
माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको दुईदिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको र ओलीको जस्तो दम्भ देखिए कांग्रेसलाई पनि ठेगान लगाइ दिने प्रचण्डले दाबि गरेका थिए ।
ट्विटरमार्फत प्रचण्डलाई जवाफ फर्काउदै पौडेलले भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौँ, तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौँ।’
इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ ।
त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !@cmprachanda— Ram Chandra Paudel (@NcPaudel) June 1, 2022










