मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब



संघीय सरकारले आर्थिक वर्ष २०७८र७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो ।

यस अवधिमा चालुतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गततर्फ ७३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो दश महिनामा संघीय सरकारको कुल राजस्व ८ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ ।

यसमध्ये कर राजस्वतर्फ ७ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ६६ अर्ब ४ करोड रुपैयाँ परिचालन भएको छ ।

सोही अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत ७५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ परिचालन गरी जम्मा १ खर्ब ३० अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : ४९ बजे