मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा



नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

आज युरो १ को खरिददर १३१।६३ पैसा र विक्रीदर १३२।२६ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६।३१ पैसा विक्रीदर ८६।७२ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९।१९ पैसा र विक्रीदर ९।२४ पैसा रहेको छ । चाइनिज युआन १८।६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८।७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ४९ बजे