अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा



नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

आज युरो १ को खरिददर १३१।६३ पैसा र विक्रीदर १३२।२६ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६।३१ पैसा विक्रीदर ८६।७२ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९।१९ पैसा र विक्रीदर ९।२४ पैसा रहेको छ । चाइनिज युआन १८।६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८।७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ८ : ४९ बजे