नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले विवाद भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा गरेर पद छोड्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालमा महाप्रसाद अधिकारी अहिले आएर कसरी एम। अधिकारीमा रुपान्तरण भयो रु भनेर प्रश्न समेत गरे ।
उनले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी र गभर्नर अधिकारी एकै हो भन्ने चर्चा भइरहेको बताए । “सबैले उहाँ नै हो भनेर भनिरहेका छन् । महाप्रसाद अधिकारी एम अधिकारी त्यही जिल्लाको अर्को को होला त रु उहाँ नै हुनुहोला होला भनेर लागेको छ,” उनले भने, “नेकपा एमाले वा गभर्नर अधिकारीले त्यसमा विश्वसनीय खण्डन गर्नुभएको छैन । गर्न सक्ने स्थिति पनि होला किन नहोला भन्ने गम्भीर छ ।”
उनले एमाले र अधिकारीले एम अधिकारी भन्ने व्यक्ति भए कागजात निकाल्न पनि उनले भने ।








