हतियार किन्ने योजना छैन, पैसा पनि छैन : गृहमन्त्री खाँण



गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पारेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले पार्टीको केन्द्रीय समितिको बैठकमा सो ब्रिफिङ गरेका हुन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

आर्थिक संकटका बीच सरकारले नेपाली प्रहरीका लागि महँगो शुल्कमा हतियार किन्न लागेको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ । उनले भने, ुहतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो । हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।ु

प्रकाशित मिति : असार ३२, २०७९ शनिबार  ५ : ०९ बजे