बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने भएको छ ।
पूर्वअर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमार्फत करका दर हेरफेर गरेको आरोप लागेपछि उक्त आरोपबार छानबिन गर्न बनेको ११ सदस्यीय संसदीय विशेष छानबिन समितिले अहिले काम गरिरहेको छ ।
हिजो बसेको बैठकले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको थियो।








