सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्वअर्थमन्त्री जनार्दन शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् ।
पार्टीमा छलफल गरेर शर्माको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् । आजै राष्ट्रिपतिबाट शर्माले पद तथा गोपनियताको सपथ लिने जनाइएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।








