प्रधानमन्त्री देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त



काठमाडौं, १९ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुन् ।

पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन् ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहिबार  ९ : ०८ बजे