मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको बैठक बस्दै,सिट बाँडफाँडबारे छलफल



काठमाडौं २० साउन, मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ ।

गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : २७ बजे