मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानमा जङ्गली च्याउ खाँदा आठ बिरामी



सल्यानमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका छन् । जिल्लाको शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जङ्गली च्याउ खाँदा आठ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिरामी हुनेमा बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुप बहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली र बुहारी २१ वर्षीया सुशिला वली रहेका छन् । उनीहरुलाई सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराती नै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा पनि जङ्गली च्याउ खाँदा चार जना बिरामी भएका छन् । बिरामी हुनेमा ४० वर्षीया मिना बस्नेत, २५ वर्षीया छोरी पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत रहेका छन् । हिजो साँझ जङ्गली च्याउ खाएर सुतेका उनीहरू राती बिरामी भएका थिए । ४ वर्षीया जोशनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ५५ बजे