मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा कर्मचारीलाई निकालेर छोरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही



भैरहवा, २४ साउन । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयवित बनेका छन् ।

नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन । करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् ।

नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको भने पछि र प्रमुख प्रशासकीय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन् ।

कार्यपालिकामा निर्णय नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

यति मात्र होइन वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धु्र विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाँइलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् ।

ुहाम्रो माग सबै कुरा कार्यपालिका बोर्डमा आएर प्रस्ताव पेस भएर जानु पर्छ । प्रक्रियागत रुपमा दक्ष कर्मचारी नियुक्त हुनु पर्छ, पु्राना कर्मचारीलाई बिन कारण स्पष्टीकारण बिना निकल्न नमिलने उनले भनिन् । नयाँ नियुक्तिमा मेरो आपत्ति छैन तर कम्प्युटर खोल्न नजान्नेलाईलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेर नगरपालिकाको विकास कसरी होलाु उनले प्रश्न गरिन् ।

साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातिमा कार्यालय खोलेर गलत निर्णय एकलौटी रुपमा गर्दै आएको आरोप लागेको छ । साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफू अनुकुल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् । छलफल भइसकेका विभिनन जिम्मेवार शाखाका सिलिङ बजेटलाई नै रातो किताबमा छाप्नु पहिलै नै घटाएर आफू अनुकुल शीर्षकमा ल्याएको उपाध्यक्ष तथा कर्मचारीहरुको आरोप छ ।

नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्।

कार्यपालिका बैठकको निर्णय बिना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ ।
नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । ुहामीलाई काम गर्न सहज बतावरण नभएपछि हामी सबै शाखाका कर्मचारीहरुले पनि ध्यानाकर्षण गराएका छौु उनले भने ।

वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । ुभएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकता अनुसार भएको छ, कुनै प्रतिशोधले होइनु, उनले भने । विवादका विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख सजरुद्दिन मुसलमान बोल्न चाहेनन् ।
जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना हुँदा यस्को प्रत्यक्ष मारमा नगरवासी परेका छन् । लुम्बिनीमा कर्मचारीलाई निकालेर छोरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही १
मोहम्मद हबिब
भैरहवा, २४ साउन

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयवित बनेका छन् ।

नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन । करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् ।

नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको भने पछि र प्रमुख प्रशासकीय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन् ।

कार्यपालिकामा निर्णय नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

यति मात्र होइन वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धु्र विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाँइलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् ।

ुहाम्रो माग सबै कुरा कार्यपालिका बोर्डमा आएर प्रस्ताव पेस भएर जानु पर्छ । प्रक्रियागत रुपमा दक्ष कर्मचारी नियुक्त हुनु पर्छ, पु्राना कर्मचारीलाई बिन कारण स्पष्टीकारण बिना निकल्न नमिलने उनले भनिन् । नयाँ नियुक्तिमा मेरो आपत्ति छैन तर कम्प्युटर खोल्न नजान्नेलाईलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेर नगरपालिकाको विकास कसरी होलाु उनले प्रश्न गरिन् ।

साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातिमा कार्यालय खोलेर गलत निर्णय एकलौटी रुपमा गर्दै आएको आरोप लागेको छ । साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफू अनुकुल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् । छलफल भइसकेका विभिनन जिम्मेवार शाखाका सिलिङ बजेटलाई नै रातो किताबमा छाप्नु पहिलै नै घटाएर आफू अनुकुल शीर्षकमा ल्याएको उपाध्यक्ष तथा कर्मचारीहरुको आरोप छ ।

नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्।

कार्यपालिका बैठकको निर्णय बिना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ ।
नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । ुहामीलाई काम गर्न सहज बतावरण नभएपछि हामी सबै शाखाका कर्मचारीहरुले पनि ध्यानाकर्षण गराएका छौु उनले भने ।

वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । ुभएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकता अनुसार भएको छ, कुनै प्रतिशोधले होइनु, उनले भने । विवादका विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख सजरुद्दिन मुसलमान बोल्न चाहेनन् ।
जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना हुँदा यस्को प्रत्यक्ष मारमा नगरवासी परेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ५८ बजे