मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से परिसूचकमा दोहोरो अंकको गीराओट



साताको पाचौँ कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

बुधबार ५.११ अंकले घटेको नेप्स आज १९.०६ अंकले घटेर बन्द भएको छ । आज ०.९३ प्रतिशतले घटेर दुईहजार ३७.८३ को विन्दुमा पुगेको छ ।

दिनभर २२३ कम्पनीका ६२ लाख ९८ हजार ६३८ किक्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको कारोबार भयो । आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले घटेर ३९१.६६ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्डबाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । म्युचअल फन्डको ०.४६ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक फाइनान्स समूहको २.३८ प्रतिशतले घटेको छ ।

बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समहुको १.६० प्रतिशत, होटल तथा पर्यटन समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्रतिशत लगानी समूहको १.७९ प्रतिशत, लाइफ इन्स्स्योरेन्स समूहको ०.७० प्रतिशत घटेको छ ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहको १।५२ प्रतिशत, माइक्रो फाइनान्स समूहको ०.७३ प्रतिशत, ननलाइफ इन्स्योरेन्स समूहको ०.८६ प्रतिशत, अन्य समूहको १.७८ प्रतिशत, ट्रेडिङ समूहको ०.०१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : ३१ बजे