मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिद्युतीय सवारीको प्रर्दशनीमा स्टल बुकिङ खुल्ला



काठमाडौं, २७ साउन । काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले स्टल बुकिङका लागि आब्हान गरेको छ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौं देखी ५ भदौंसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो ।

सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने आयोजकले नाडाले जनाएको छ । पछिल्लो समय इन्धनमा चर्को मूल्य वृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिर्दै गएको छ ।

सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ३३ बजे