मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?



काठमाडौं,२७ साउन । सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ स्थिर छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ३४ बजे