मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा नेपाल केन्द्रीय समिति बैठक ३० र ३१ साउनमा



काठमाडौं, २८ साउन । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिबेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन, जनबर्गिय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्बाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

करिब तीन साताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्कदैछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ०१ बजे