मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्युठानमा जीप दुर्घटना तीन जनाको मृत्यु ,थुप्रै घाइते



बुटवल, २९ साउन । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मृत्यु हुनेमा नौवहिनी गाउँपालिका(५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको ज्यान गएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४९ बजे