मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि कांग्रेसको प्रशिक्षण,प्रधानमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं, ३० साउन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

७०० बढी सहभागीहरूसहित आज र भोलि प्रशिक्षण सञ्चालन हुनेछ । यसका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जनप्रतिनिधिको नाम दर्ता गरिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ३८ बजे