निर्वाचन कार्यालय पुगे नेता वामदेव



माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् । मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा लिएर उठ्ने भएका छन् ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ३ : ११ बजे