आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।
दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।
दल दर्तापछि कसैलाई घेराबन्दी गर्न गठबन्धन नगरिएको उपसभापति गुरुङले बताए । गठबन्धनमा छलफल गरेर नै सिट बाँडफाँट गरिने उनको भनाइ छ ।










