मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशत बढ्यो



नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष ९आव० २०७८र७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

गत आवको अन्त्यसम्ममा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७।५४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले सात अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कम्पनीको आम्दानी बढेकाले पनि नाफा वृद्धिमा सहयोग पुगेको हो ।

गत वर्ष कम्पनीको कुल आम्दानी पाँच प्रतिशत बढेको छ । कुल आम्दानी बापत कम्पनीले गत वर्ष ४४ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले कुल आम्दानी ४२ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको थियो ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।१९ प्रतिशत बढी छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ । गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यसैगरी प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : ४९ बजे