नेप्से परिसूचक २७.७२ अंकले बढ्यो



बुधबार स्थिर रहेको नेप्से आज भने २७.७२ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से १.३६ प्रतिशतले बढेर २०६८.४२ को विन्दुमा पुगेको छ ।

आज दिनभर २२० कम्पनीको ५१ लाख १ हजार २९० किक्ता सेयर किनबेच भयो । यस दिन दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५६ रुपैयाँबराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.३७ प्रतिशतले बढेर ४००.०८ को विन्दुमा पुगेको छ ।

आज सबै समूहको परिसूचक बढेको छ । १३ मध्ये विकास बैंक समूहको सेयर मूल्य सर्वाधिक ३.१७ प्रतिशतले बढेको छ । फाइनान्स समूहको सेयर मूल्य ३.०१ प्रतिशतले, हाइड्रोपावर समूहको २.९८ प्रतिशतले, अन्य समूहको सेयर मूल्य २.२६ प्रतिशतले बढेको छ ।

यस्तै, लगानी समूहको सेयर मूल्य १.५० प्रतिशतले, माइक्रोफाइनान्स समूहको १.३२ प्रतिशतले, उत्पादन तथा प्रशोधन समूहको १.०५ प्रतिशतले, ट्रेडिङ समूहको सेयर मूल्य १.०४ प्रतिशतले बढेको छ ।

ननलाइफ इन्स्सोरेन्स समूहको सेयर मूल्य ०.६९ प्रतिशतले, बैंकिङ समूहको ०.५६ प्रतिशतले, लाइफ इन्स्सोरेन्स समूहको ०.५६ प्रतिशतले, म्युचअल फन्ड समूहको ०.३४ प्रतिशतले र होटेल तथा पर्यटन समूहको सेयर मूल्य ०.२८ प्रतिशतले बढेको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ४ : २९ बजे