मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेकजाँचको नाममा सिरहा ट्राफिकले असुली धन्दा चलाएको आरोप



सिराहा, २ भदौ । सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको हो ।

ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दुस्खदिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए । उनले भने, ु महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दुसखदिने मनसायले गाडीलाइ घण्टौ सडकमा रोकिदिन्छन् ।ु

नयाँ चौक चोहर्वामा तीनपाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यावसायिसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजार सम्म महिनावारीकै रुपमा अबैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख इन्सपेकटर टुपेन्द्र कुमार श्रेष्ठले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानोदेखि ठूलो गाडीहरु क्षमता भन्दा बढी लोड गरि हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरुको आरोप छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ४६ बजे