मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ ।

लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ३ : ५४ बजे