मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वर्गीय नेता गिरीको आजै अन्त्येष्टि, श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने



शनिवार राती नेपाली कांग्रेसका नेता, विश्लेषक एवं सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिवार राति ९ : ३० बजे निधन भएको थियो ।

नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको अन्त्यष्टी आजै गरिने भएको छ ।

उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो

कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसा् गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९स्०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ भने त्यसपछि विहान ११:३० देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।

नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष थिए । गिरीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिब एक वर्ष गरी उनी झण्डै चार वर्ष जेल बसेका थिए।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ३७ बजे