प्रतिनिधिसभाको बैठक आज नबस्ने



काठमाडौं, ५ भदौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ ।

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् ।

प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।

‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकाकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन, अब बैठक स्थगित हुने औपचारिक जानकारी सचिवालयले गराउँदैछ ।’

उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जलीसभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए ।

प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार  १० : ४८ बजे