मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु क्यापिटल र ट्रानक्विलिटी स्पाबिच प्रभु क्यापिटलका ग्राहकको लागि विशेष अफरसहितको समझौता



प्रभु क्यापिटल र ट्रानक्विलिटी स्पाबिच प्रभु क्यापिटलका हितग्राही ग्राहकको लागि विशेष अफरसहितको समझौता भएको छ । समझौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता हुने हितग्राही ग्राहकले काठमाडौँको लाजिम्पाटमा रहेको ट्रानक्विलिटी स्पाको सेवामा ३० प्रतिशत छूट पाउने भएका छन् । क्यापिटलले बुधबार स्पासँग सम्झौता गरेको हो ।

क्यापिटलका अनुसार यो योजनाबाट लाभ लिन ग्राहकले आफनो मोबाइलमा क्यापिटलको एप डाउनलोड गरि रजिष्टर भई आफनो डिम्याट खाता लिंक र कनेक्ट गर्नुपर्ने छ । ग्राहकले बिल पेमेन्ट गर्दा एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्ने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार २०८० असार मसान्तसम्म यो अफर लागु हुने छ ।

यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुने क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : २० बजे