मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीका दुई स्थानमा शंकास्पद बस्तु भेटिए



कैलाली, ७ भदौं । कैलालीको दुई स्थानमा आज विहान शङ्कास्पद् वस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया चौकस्थित धनगढी अत्तरिया र सोही नगरपालिकाको वडा नम्बर ६ स्थित आवास नगरको गेट नजिक शङ्कास्पद् वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीधनगढी–अत्तरिया बाटोमा सेतो प्लाष्टिकमा बेरेर राखेको वस्तु फेला परेको हो ।

उनका अनुसार प्रहरी निरीक्षक वासुदेव भट्टको कमाण्डमा सात जना प्रहरी खटाइएको र नेपाली सेनासँग समन्वय गरेर शकांस्पद बस्तु माथी अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ३३ बजे