मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से बढे पनि साढे एक अर्बको मात्र कारोबार



साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो ।

आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर र मन्दाकीनी हाइड्रोपावर सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको सेयर किनबेच भएको छ । काबेलीको १६ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ४ : ३१ बजे