मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डान्स पार्टीको यसरी बचाउ गरिन फिनल्यान्डकी प्रधानमन्त्रीले



यसै साता एउटा पार्टीमा गएर नाचेको भिडियो सार्वजनिक भएपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो बचाउ गरेकी छिन् । भिडियोको आलोचना भएपछि ३६ वर्षीया सान्ना मारिनले आफूसँग निजी जीवनको अधिकार भएको बताएकी छिन् ।

‘म मानिस हुँ । यो कालो बादलबीच म पनि कहिलेकाही आनन्द, खुसीयाली र केहीलेकाही रमाइलो गर्न मन पराउँछु’ राजधानी हेलसिन्कीबाट उत्तरमा रहेको लहिटी सहरमा सोसल डेमोक्रयाटिक पार्टी ९एसडीपी०को कार्यक्रममा उनले भनिन् ।

‘यो निजी हो । यो आनन्द र जीवन हो’ उनले भनिन्, ‘तर, मैले एक दिन पनि आफ्नो काम कर्तव्यबाट बिमुख भएकी छैन् ।’ गत साता ‘निकै गा¥हो’ भएको उनले बताइन् ।

‘म विश्वास गर्न चाहन्छु कि मानिसहरूले हामीले हाम्रो फुर्सदको समयमा के गर्छौं भन्दा पनि काममा के गर्छौं भनेर हेर्नेछन्,“ उनले भनिन् ।

एउटा कार्यक्रममा मस्तसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । त्यसलगत्तै उनले ड्रग टेस्ट परीक्षण गरेकी थिइन् । परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको रिपोर्ट पोजेटिभ आएपछि उनको नाचको नक्कल गर्दै भिडियो सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ८ : ०६ बजे