मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राधिकरणले थाल्यो टांगिया बस्तीमा विद्युत मिटर जडान प्रक्रिया



नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित टांगिया बस्तीमा विद्युत मिटर जडान गर्ने प्रक्रिया थालेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका कारण लामो समयदेखि न्यूनतम आवश्यकताका पूर्वाधारबाट समेत वञ्चित टांगिया बस्तीमा केन्द्रले विद्युत सुविधा उलपब्ध गराउन लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टांगिया बस्तीमा विधुतिकरण हुन सकेको थिएन् ।

विमानस्थल निर्माणको काम सुरु नहुँदासम्म टांगियाका स्थानीयलाई विद्युत सेवा उपलब्ध गराउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा विद्युतीकरण भएको हो । विद्युतीकरण सुरु हुनुअघि ऊर्जामन्त्री पम्फा भुसाल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले टोलीले टांगियाको निरीक्षण गरेको थियो ।

पहिलो चरणमा विद्युतीकरण गर्ने काम सम्पन्न गरेको केन्द्रले अब मिटर जडानको प्रक्रिया सुरु गरेको छ । मिटर जडानका लागि एक सय रुपैया तिरेर सिमरा र निजगढमध्ये एक ठाउँमा आवेदन दिन सकिने सिमरा वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ४ : ४७ बजे