मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा मनाइदै १५औँ पुस्तकालय दिवस



१५औँ पुस्तकालयको दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । पुस्तकालय र पुस्तकको महत्वलाई थप प्रकाश पार्ने उदेश्यसहित जिल्लाका विभिन्न पालिकामा कार्यक्रम आयोजना गरिएको हो ।

बर्दिबास नगरपालिकामा त ञपढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँझ भन्ने नाराका साथ अन्तरमाध्यामिक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको छ ।

विभिन्न विद्यालयमा अध्यनरत छात्रछात्राहरूको सहभागिता रहेको कार्यक्रममा पुस्तक र पुस्तकालयको महत्वमाथि विचार विमर्श गरिएको छ ।

उत्कृष्ट विचार राखेबापत आयोजक बर्दिबास सामुदायिक पुस्तकालयले जनता माध्यामिक विध्यालय गौरिडाडाका दुई र जनहित नन्दलाल माध्यामिक विद्यालयका एक जनालाई पुरस्कृत गरेको छ ।

प्रथम र द्धितिय हुने क्रमशः पूर्णिमा गौतम र नेहा महतो, तेस्रो हुने जनहित नन्दलाल चौलिखाका दिपेश भट्टराई पुरस्कृत भएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : ४७ बजे