मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पथलैयामा ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न सरोकार समितिको माग



बाराको जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ । सरोकार समितिका संयोजक मनोज पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मधेस प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।

संयोजक पौडेलले तीन बर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट विनियोजन गर्दै आए पनि हालसम्ममा अस्पताल सञ्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राको क्रममा दुर्घटना भई घाइते भएका यात्रुको उपचार पाउने आधिकारमा समेत ठेस पुर्याएको बताए ।

उनले चालु आर्थिक वर्षमा ट्रमा सेन्टर सञ्चालनका लागि बजेट समेत विनियोजन नहुनु दुःखद् भएको बताउँदै तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट माग गरेका छन् । माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ४७ बजे