मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता



शुक्रबार राति देखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठुलो क्षति गरेको छ ।
करिब डेढ दर्जन घरहरू बगेका छन् भने लास्कु खोलाको बिचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

अविरल वर्षाले बंगाबगडको दशरथनगर स्कुल सँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको छ। दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ०१ बजे