मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता घटे



गत ३० वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् ।

स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४२ हजार सात सय ९२ मतदाता कायम भएका छन् । आसन्न निर्वाचनमा पुरुष ७४ हजार नौ सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत १ असारदेखि १९ साउनसम्म एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदाता घटेका हुन् । मृत्यु भएका, बसाई सरेका र डुप्लिकेसन भएका मतदाताको लगत कटाएका कारण मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । करिब सात सय मतदाता बसाई सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा डुप्लिकेसन भएका कारण नाम हटाएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : २२ बजे