मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएमा धेरै अध्यक्ष हुँदा बाहिर मुख देखाउनै लाज भयो : डा. शर्मा



गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा। हेमराज शर्माले संघमा तीन जना अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न समेत लाज भएको बताएका छन् ।

नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा। शर्माले तीन अध्यक्ष बनाएपछि मुख देखाएर हिँड्न लाज हुने अवस्था भएको बताएका हुन् ।

निवर्तमान महासचिव समेत रहेका शर्माले आगामी वर्ष चुनाव गराउन नसके संस्था नै बिघटन हुने दाबी गरेका छन् । सन् २०२३ को अक्टोबरमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने, यदि त्यसो नभए संस्था नै ध्वस्त हुनसक्ने दाबी उनको छ।

नेतृत्व चयनका लागि पूर्वआधार तयार गरेर प्रत्यक्ष मतदान गर्न सकिने डा. शर्माको भनाइ छ। ‘म सुरुदेखि नै साधारण सदस्यहरूबाटै नेतृत्व चयन गर्नुपर्छ भन्नेमा अडिग छु,’ उनले भने। तर, संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको उनले बताए ।

अहिलेकै विधानमा न्यूनतम सहमति गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ४० बजे