मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलको आग्रह



महोत्तरीका सागर फुयाँल उमेरले ३० वर्षका छन् । युवा जोस, जाँगर र नवीन विचार बोक्ने उनी आमव्यवसायी जस्तै भइसकेका छन् । बिपी यातायातमा आफ्ना बाबु रामकुमार फुयाँलले १५ वर्ष अगाडि बस किनेर सो रुटमा गाडी चलाउँथे । गाडीमा बसेर काठमाडौं र पूर्वका ठाउँहरूमा सागरले सहचालकको काम गरे । यहीँबाट सुरु भयो फुयाँलको स्वरोजगारको यात्रा ।

नेपालमै व्यवसायी बन्ने हुटहुटीले उनले कक्षा १२ अध्ययन गर्दागर्दै व्यावसायिक सम्भावनाका माध्यम खोजिसकेका थिए । सुरुमा उनले बाबुको सहयोगमा बर्दिबासमै रक्षा ट्रान्सपोर्टको सुरुवात गरे । ट्रान्सपोर्टको व्यवसायमा सफल बन्दै गएपछि फुयाँलले आफ्नै सहर बर्दिबासमा अन्य सम्भावना खोजे ।

उनले लामो समयदेखि बर्दिबास हरेक हिसाबले वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । पछिल्लो समय सवारीसाधनको चाप, धुलो, धुवाका कारण वातावरण अस्तब्यस्त बनिरहेका वेला फुयाँलले विद्युतीय सवारी सोरुमको सुरुवात गरेका छन् । धुवा नफ्याँक्ने, आवाज नआउने, पेट्रोल जरुरत नपर्ने भएकाले विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको छ ।

यही लोकप्रियतालाई क्यास गर्न उनले बर्दिबासमा एभरग्रिन अटो मोटिभ्स नामक विद्युतीय सवारीसाधनको सप्लाइ सुरुवात गरेका छन् । शनिबार मात्र औपचारिक सुरुवात गरेका फुयाँलले सातवटाभन्दा बढी सवारीसाधन बेचिसकेका छन् । जस्को मूल्य न्यूनतम ४५ लाखबाट सुरु हुन्छ । अहिले उनी मासिक लाखभन्दा बढी कमाउँछ्न् ।

‘पछिल्लो समय राजनीतिले युवालाज्ञ झोले बनाएको छ, कुनै नेताको चाकरीमा रमाउने र अगाडि पछाडि लागेर फोटो खिचाउने संस्कारको विकासले युवाहरूमा सकारात्मक सोचलाई विस्थापन गरिदिएको छ,’ फुयाँल भन्छन् । सम्भावना र अवसर आफ्नै अगाडि भएको बताउदै उनले युवाहरूका पाखुरा स्वदेशमै बजारिनुपर्ने बताउँछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ११ : ११ बजे