मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



सानिमा बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले आफ्नो नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

सानिमाकै संस्थापक सेयरधनीले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ३९ बजे