मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा



काठमाडौं, १३ असोज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ ९बिक्रीदर० १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

भने युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ०० बजे