नेपाली कांग्रेसले शनिबार () चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घोषणापत्र भोलि सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएकोले शनिबार घोषणापत्र सार्वजनिक गर्ने पौडेलले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ ।
शनिबार बिहान १० बजे सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको घोषणापत्र लेखन समितिका एक सदस्यले बताए ।
घोषणापत्र सार्वजनिक कार्यक्रम यसअघि पटक–पटक स्थगित गरिएको थियो ।










