राप्रपाको चुनाबि घोषणापत्र सार्वजनिक



काठमाडौं, १४ कार्तिक । राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज ९सोमबार० काठमाडौंमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरेको हो ।

राप्रपाले ०४६ साल यता राज्यका उच्च पदमा पुगेका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । त्यसरी छानबिन गरी अवैध ठहर भएको जति जफत गर्नका लागि कानुन ल्याउने विश्वास दिलाएको छ ।

राप्रपाले घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटेको छ।

उसले घोषणापत्रको मूख्य नारा भने ‘यसपालिको भोट–राप्रपाको हलो छापमा, नेपालको निर्णायकत्व नेपालीको हातमा’ राखेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा नेताहरु डा। प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार  १ : ०८ बजे