प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउने निर्बाचन आयोगले जनाएको छ । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ ।
उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।
काठमाडौं, २६ असोज निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।










