भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्छु : प्रदीप पौडेल



कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र–५ का उम्मेदवार प्रदीप पौडेलले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्रतिबद्दता जनाएका छन् ।

नेपाली कांग्रेस टोखा नगरपालिका–२ को वडा कार्यसमिति कार्यालयमा आयोजित चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै युवा नेता पौडेलले यस्तो प्रतिबद्दता जनाएका हुन् ।

नेता पौडेलले भने, “यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्तिवद्धता पनि व्यक्त गर्न चाहन्छौं”

नेता पौडेलले नेपालमा बढिरहेको बौद्धिक पलायन रोक्ने नीति निर्माणमा नेतृत्व गर्ने प्रतिबद्धता जनाए । उनले भने, “नेपालका ग्रामिण बस्तीका युवाहरु मलेसिया जानुभएको छ। दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पर्नुभएको छ। काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नु परेको छ। नेपालमा बौद्धिक पलायनताको स्थिति छ। क्षमता प्रयोग गर्न पाउनुे स्थिति राज्यले बनाउन सक्छु पर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं।”

प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार  १ : ०१ बजे