मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लहान नगरपालिकामा बिहिवारबाट चाडपर्वलक्षित बजार अनुगमन हुने



सिरहा लहान १ कार्तिक । लहान नगरपालिकामा चाडपर्वलक्षित अनुगमन हुने भएको छ। लहानका उप प्रमुख राम चलितर महतोको संयोजकत्वमा बसेको बैठकले प्रत्येक महिनाको २ दिन अनुगमन हुने मंगलबार बसेको बैठकले निर्णय गरेका हुन्।

लहानका विभिन्न होटेल र किराना पसललगायत पसलहरुमा अनुगमन सुरु गर्ने घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए।अनुगमनमा म्याद गुजरेका बस्तु पारेमा कानुन बमोजिम कार्वाही गर्ने बताए।अनुगमनमा लहानका उप प्रमुख राम चलीतर महतो,ईलाका प्रशासन कर्यालका प्रमुख रेबती रमन शर्मा,ईलाका प्रहरी कार्यालयको प्रमुख कुमार मैनाली,प्रहरी निरीक्षक कृष्ण खत्री,खाध्य गुण नियन्त्रण कार्यालय राजबिराजका टोलिले अनुगमन गर्ने बताए।

उपभोक्ताले म्याद गुजरिएका बस्तु प्रयोगमा ल्याउन नपरोस् भने उदेश्यले विभिन्न रोगका रिकार नहोस् र ग्राहक बर्गले रोगबाट बचियोस भने उदेश्य अनुगमन सुरु गर्न लागेको उप प्रमुख महतोले बताए।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ०५ बजे